Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । लामो समयदेखि रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारीस्वरूप आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हाल्दै आएकी छन् । परिषद् बैठकको मुख्य एजेन्डा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने रहेको जनाइएको छ ।

संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् बैठक बोलाउने बाटो खुलेको हो । नयाँ अध्यादेशअनुसार परिषद् बैठकको गणपूरक संख्या चार कायम गरिएको छ भने बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077