एजेन्सी । पश्चिम बंगालमा पहिलोपटक भारतीय जनता पार्टी नेतृत्वको सरकार गठन भएको छ ।
शनिबार भाजपाका नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालको मुख्यमन्त्रीका रूपमा बंगाली भाषामा शपथ ग्रहण गरेका हुन् । शपथपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई ढोग गरेर अभिवादन गरेका थिए ।
राज्यपाल आर एन रवि ले शुभेन्दुसँगै पाँच जना विधायकलाई मन्त्री पदको शपथ गराएका छन् ।
शपथ लिने मन्त्रीहरूमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, खुदिराम टुडु र निसिथ प्रमाणिक रहेका छन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह तथा एनडीए र भाजपा शासित विभिन्न राज्यका २० जना मुख्यमन्त्रीको उपस्थिति रहेको थियो ।
हालै सम्पन्न विधानसभा चुनावमा ऐतिहासिक बहुमत ल्याउँदै भाजपाले ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसको १५ वर्ष लामो शासन अन्त्य गरेको हो ।