Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेतृ नविनाको आक्रोश, भनिन् - पार्टी तपाईंहरूका बुबाको पेवा होइन

एमाले नेतृ नविनाको आक्रोश, भनिन् - पार्टी तपाईंहरूका बुबाको पेवा होइन

शनिवार , बैशाख २६, २०८३

काठमाडौं ।  नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीभित्रको आन्तरिक कार्यशैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै कडा आक्रोश व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले नेकपा एमाले कुनै व्यक्ति वा गुटको निजी सम्पत्ति नभएको स्पष्ट चेतावनी दिएकी हुन् ।

लामाले पार्टीभित्र बढ्दै गएको विकृति, अन्याय र गुटबन्दीप्रति आफू मौन नबस्ने बताउँदै सत्य बोल्नेहरूले नै संगठनलाई बलियो बनाउने धारणा राखिन् ।

अनेरास्ववियुकी पूर्वअध्यक्ष समेत रहेकी उनले आफू कसैको निगाहमा नभई संघर्ष र मेहनतबाट नेतृत्व तहमा पुगेको दाबी गरिन् ।

‘कम्रेड हो, तपाईँहरूका बुबाको पेवा त हाम्रो पार्टी होइन नि ! तिमीहरू जे गरे पनि सहेर बस्ने मान्छे म होइन,’ उनले लेखेकी छन् ।

उनका अनुसार आफूलाई कसैले टिपेर सांसद वा विद्यार्थी संगठनको अध्यक्ष नबनाएको र सम्पूर्ण संगठनात्मक प्रक्रियाबाट अघि बढ्दै यहाँसम्म पुगेको हो ।

लामाले गुट र समूहमा लाग्नु बाध्यता नभई आफ्नो रोजाइ भएको उल्लेख गर्दै आफूलाई कमजोर नठान्न पनि चेतावनी दिएकी छन् ।

उनले पार्टीभित्रका गलत प्रवृत्ति र अन्यायविरुद्ध जीवनभर संघर्ष गर्ने अडान दोहोर्‍याउँदै एमालेको इतिहास, योगदान र जनताको विश्वास जोगाउनु सबै कार्यकर्ताको साझा दायित्व भएको बताइन् ।

‘मेरो सास रहुञ्जेल म पार्टीभित्रका गलत कुरा, अन्याय र विकृतिको विरोध गरिरहनेछु,’ उनले भनेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077