Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक: प्रचण्ड

देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक: प्रचण्ड

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछिको परिघटनाले कम्युनिस्ट शक्तिहरूबीच एकता 
आवश्यक रहेको बताएका छन् । 

आज निर्मल लामा स्मृति दिवसका अवसरमा काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले विचार, राजनीति र संगठनात्मक आधारमा कम्युनिस्ट पार्टीहरुबीच एकताको आवश्यकता रहेको बताएका हुन् ।

दाहालले दक्षिण एसियामा कम्युनिस्ट आन्दोलन कमजोर भएको वा समाप्त भएको भन्ने प्रकारका चर्चा फैलिरहेको उल्लेख गर्दै त्यस्ता भाष्यहरू कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने उद्देश्यसहित अघि बढाइँदै हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे।

उनले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधीनतामाथि समेत चुनौती सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई प्रतिकार गर्न वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।

उनले भने- 'अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ । सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।'

उनका अनुसार स्थानीय तहदेखि नै यस्ता शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता बढ्दै गएको छ। आफू विभिन्न स्थानमा पुग्दा कार्यकर्ताहरूले पनि कम्युनिस्ट एकता, लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि साझा मोर्चा गठन गर्नुपर्ने सुझाव दिने गरेको उनले उल्लेख गरे।

साथै उनले विगतका घटनामा मात्र केन्द्रित भएर अघि बढ्ने अवस्था अब नरहेको भन्दै कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसके त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077