Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शर्मा एण्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक बडु पक्राउ, ठेक्का अलपत्र पारेको आरोप

शर्मा एण्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक बडु पक्राउ, ठेक्का अलपत्र पारेको आरोप

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । प्रहरीले ठेकदार रमेश शर्मा र पीताम्बर बडुलाई पक्राउ गरेको छ।  ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पीताम्बर बडु पक्राउ परेका हुन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। 

सहरी विकास मन्त्रालयको अनुरोधमा उनीहरूलाई पक्राउ गरी मन्त्रालयमा नै पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रमुख  एसएसपी सन्तोष खड्काले बताए।

यी कम्पनीहरूले दर्जनौ सरकारी ठेक्का हात पारेका छन्। कर्मचारीसँग मिलेर ठेक्का हत्याउने तर समयमा काम नगर्ने प्रवृत्तिका कारण शर्मा एण्ड कम्पनी र लामा कन्स्ट्रक्सन बदनाम छ।

हालै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी सर्भर नै ह्याक गरेर ठेक्का हत्याउने ठेकदारहरूलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ। यसमा शर्मा र लामा पनि तानिने सम्भावना छ।

आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । दुवै जनालाई गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077