Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

सोमवार , बैशाख २८, २०८३

मोरङ। मोरङमा सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले आइतबार राति २० लाख भारतीय रुपैयाँ  बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।

 उक्त झोलाबाट ५०० दरका ४० बण्डल २० लाख बराबरको भारतीय रुपियाँ बरामद भएको हो ।

बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ

 

 


 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077