Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव राई पदमुक्त

सभामुख अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव राई पदमुक्त

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं। प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । 

सभामुख डोलप्रसाद डीपी अर्यालले गरेको सिफारिसका आधारमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई पदमुक्त गरिएको जानकारी दिएको हो।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शाक्यका अनुसार राई आजैका मितिदेखि लागू हुने गरी राईलाई पदमुक्त गरिएको हो।

हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077