Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख अर्यालले भने- पूर्वाधार विकासमा पनि राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ

सभामुख अर्यालले भने- पूर्वाधार विकासमा पनि राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासमा पनि राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो भनेका हुन् ।

उनले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकतामा समेत राजनीति स्वार्थ जोड्ने प्रवृत्ति हुनु दुःखद भएको बताए ।

उनले विगतमा सरकारहरू जनअपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढ्न सकेको भए राजधानीमै अहिले आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने धारणा व्यक्त गरे।

साथै सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

अन्तयमा उनले स्थानीय तहले नीति तथा कार्यक्रम तय गर्दा नागरिकको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्नुपर्नेमा विशेष जोड दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077