Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको अनुपस्थितिमै प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

प्रधानमन्त्रीको अनुपस्थितिमै प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं। प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति बिनै जारी भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

उक्त नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले टेबल गरेका थिए । तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले सहभागी भएर जवाफ माग गरेपछि बुधबारको बैठक अघि बढ्न सकेको थिएन । 

सभामुख डोलप्रसाद अर्यालले बुधबार बेलुका प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै आजका लागि कार्यसूची सारेका थिए । 

तर, बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि उनको उपस्थिति बिनै छलफल भइरहेको हो । 

बैठकमा सभामुख अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराएका छन्। 

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले दिने छन् ।  

अहिले छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077