Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तातोपानी नाकाबाट ५६ लाख बराबरको अवैध भेपसहित सात जना पक्राउ

तातोपानी नाकाबाट ५६ लाख बराबरको अवैध भेपसहित सात जना पक्राउ

शनिवार , जेठ २, २०८३

काठमाडौं । नेपाल-चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट करिब ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित ७ जना पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोसी गाउँपालिका९३ गंजेखोलाबाट १,६२० थान भेपसहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भोटेकोसी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद भेप तातोपानी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077