Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ज्यान मार्ने मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी महिला कैदी सुन्धारा कारागारबाट फरार

ज्यान मार्ने मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी महिला कैदी सुन्धारा कारागारबाट फरार

आइतवार , जेठ ३, २०८३

काठमाडौं। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्।

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिका घर भएकी २५ वर्षीया सपना तामाङ रहेकी छन् । 

महिला ब्लकमा रहेकी तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी हुन् ।

कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङ चोरी, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी थिइन्। 

प्रारम्भिक अनुसन्धानमा उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै फरार भएको खुलेको छ। 

यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी तामाङ दुई महिनापछि पक्राउ परेकी थिइन् ।

तामाङको खोजिकार्य तिव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077