Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिरै

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिरै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । देशभर जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये अझै करिब पाँच हजार कैदीबन्दी फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, प्रदर्शनका बेला देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना बन्दी भागेका थिए ।

तीमध्ये हालसम्म ९ हजार ५८२ बन्दी कारागार फर्किएका छन् भने ४ हजार ९८२ जना अझै फरार छन् ।

फरार कैदी समाजमा सुरक्षा चुनौती बनेपछि गृह मन्त्रालयले सम्बन्धित जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजी, नियन्त्रण र पक्राउ अभियान अघि बढाएको हो ।

सुरक्षाकर्मीहरूले देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै फरार कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाउने कार्य जारी राखेका छन् ।

प्रदर्शनको समयमा सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ, बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका कारागारबाट कैदीबन्दी फरार भएका थिए ।

यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीका बाल सुधारगृहबाट पनि बालबन्दी भागेका थिए ।

सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदी गोली लागी मृत्यु भएका थिए । त्यस्तै, नौवस्ता बाल सुधारगृहमा पाँच र डोटीमा एक बालबन्दीको मृत्यु भएको थियो ।

हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी तथा बालबन्दी रहेका छन् ।

सरकारले फरार कैदीबन्दीलाई तुरुन्तै कारागार फर्कन अल्टिमेटम समेत दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077