Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी पक्राउ

सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी पक्राउ

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं। गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार जाम्बियाकी एक महिला कैदी पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध मुद्दामा थुनामा रहेकी ३५ वर्षीया अबिसार्ग कपुतुलालाई आइतबार पक्राउ गरेको हो ।

कपुतुला लागुऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएकी थिइन् ।  दुई महिना लामो खोजतलासपछि उनी पक्राउ परेकी हुन् ।

उनलाई कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077