एजन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।
योसँगै दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना कायमै राखेको छ । राजस्थानले दिएको १९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए । यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।