Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पामा दुई वटा सकेट बम फेला

रोल्पामा दुई वटा सकेट बम फेला

मंगलवार , जेठ ५, २०८३

रोल्पा । रोल्पामा दुई वटा सकेट बम फेला परेका छन् ।

जिल्लाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा आज बिहान दुई वटा सकेट बम फेला परेका हुन् ।

पाछावाङ खोलामा जाली लगाउने प्रयोजनका लागि खन्ने क्रममा  शंकास्पद वस्तु देखिएपछि एक स्थानीय मजदुरले सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि नेपाली सेना अन्तर्गत सूर्यदल गण लिबाङबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । 

प्रारम्भिक परीक्षणपछि फेला परेको वस्तु सकेट बम भएको पुष्टि भएको हो ।

सुरक्षा निकायका अनुसार ती बम द्वन्द्वकालीन समयमा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले उक्त बम डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077