Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रम संस्कृति पार्टीद्धारा आज पनि सदन अवरोध, व्यवहार सच्याउन सभामुखको चेतावनी

श्रम संस्कृति पार्टीद्धारा आज पनि सदन अवरोध, व्यवहार सच्याउन सभामुखको चेतावनी

'संसदप्रति सरकार जवाफदेही हुनैपर्छ'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि संसद्मामा विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

विरोधपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि बुधबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

जवाफमा साम्पाङले नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो भयो भन्दै प्रश्न गरे ।

उनले भने, ‘मन्त्रीहरू सदनमा उपस्थित नहुने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने अवस्था छ ।जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनुले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरूको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ । नियमावली १५ को २ अनुसार यो व्यवस्था लागू भएको देखिँदैन । यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ।'

साम्पाङ मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि सभामुख अर्याल समय नदिएपछि  बैठकबाटै बाहिरिएका थिए ।

यसअघि  वैशाख ३१ गतेको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआएको भन्दै श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको थियो । पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका ७ जना सांसदहरू बैठक छोडेर हिँडेका थिए ।

प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नै भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077