Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनमा हर्क साम्पाङको ९ बुँदे सुझाव

संविधान संशोधनमा हर्क साम्पाङको ९ बुँदे सुझाव

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्यको माग

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ ।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझाव दिएको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरु छन् ।

श्रम संस्कृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति, कार्यकारी राष्ट्रपतिले नै पायकका व्यक्तिलाई चुनेन मन्त्रिपरिषद गठन गर्ने र मन्त्रिपरिषद चुन्दा समावेशीका आधारमा गर्नुं पर्ने धारणा राखेको छ ।

त्यसैगरी कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने उसको धारणा छ ।

यस्तो छ सुझाव पत्र

hark.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077