Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराको फिर्केखोलाका संरचना हटाउन सुरु, तीनतिरबाट चल्यो डोजर

पोखराको फिर्केखोलाका संरचना हटाउन सुरु, तीनतिरबाट चल्यो डोजर

आइतवार , जेठ १०, २०८३

पोखरा । पोखरा महानगरले फिर्केखोलाको खोलाघर मिचेर बनाइएका  संरचना हटाउन डोजर चलाइएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।

यसअघिको नापजाँचमा खोलाघर मिचेर बनाइएका १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउनेबारे पोखरा महानगरले २०८० सालमा पनि प्रयास थालेको थियो । तर उच्च अदालत पोखरामा रिट पर्‍यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगर अघि बढेको हो । हालैमात्र महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । जसको म्याद ९ जेठमा सकिएको छ । 

पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरूमध्ये ८ वटा वडाहरू छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भई बग्छ । 

खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ । 

वडानम्बर ६, वडानम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा नम्बर ४ तर्फ आउने छ । अर्को डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउनेछ ।

यसअघि मंगलबार महानगरले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका ५१ वटा सटर र टहराहरूमा डोजर लगाइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077