Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगरद्वारा ५१ वटा अतिक्रमित टहरामा डोजर, मेयर आचार्य स्थलगत निरीक्षणमा

पोखरा महानगरद्वारा ५१ वटा अतिक्रमित टहरामा डोजर, मेयर आचार्य स्थलगत निरीक्षणमा

मंगलवार , जेठ ५, २०८३

पोखरा। पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ ।

आज बिहानैबाट महानगरको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा अमरसिंह चोकमा रहेका ५१ वटा सटर र टहराहरूमा डोजर लगाइएको हो । 

विद्यालयको जग्गामा विगत २०३८ सालदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए ।

सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ ।

संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थित थिए । यसअघि महानगरपालिकाले ती संरचनाहरू हटाउन पटक–पटक सूचना जारी गरे पनि अटेर गर्दै आएका थिए ।

यस पटक भने व्यवसायी, विद्यालय र वडासहितको आपसी समन्वय र सहमतिबाटै टहरा हटाइएका हुन् । यससँगै विद्यालयको अतिक्रमित जग्गा पुनः विद्यालयकै मातहतमा आउने र शैक्षिक वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ ।

महानगरले अतिक्रमित संरचना हटाएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077