काठमाडौं । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आजपनि माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुमबासी, नागरिक आन्दोलन र जेनजी मुभमेन्ट अलायन्सले संयुक्त रुपमा गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध 'गणतन्त्र जिन्दाबाद', 'गनतन्त्र मुर्दावाद', 'होइ सरकार होइ, मेरो भोट खोइ ?', 'डोजरे सरकार मुर्दावाद' लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आफ्नो थातथलोबाट विकल्पविना हटाउन खोजिएको भन्दै विरोधमा उत्रिएका उनीहरूको मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो ।
आफूहरूलाई बस्तीबाट जबरजस्ती हटाइएको भन्दै स्थायी बसोबास र भूमिअधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
