Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ दूतावासले भन्यो - नेपाली पत्रकारलाई घुस दिन खोजेको भन्ने हल्ला निराधार हो

चिनियाँ दूतावासले भन्यो - नेपाली पत्रकारलाई घुस दिन खोजेको भन्ने हल्ला निराधार हो

सोमवार , जेठ ११, २०८३

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै चीनलाई बदनाम गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ ।

दूतावासका प्रवक्ताले जारी गरेको प्रेस टिप्पणीमा भनिएको छ, 'तपाईंले उल्लेख गर्नुभएको हल्लाहरू सुनेर चिनियाँ पक्ष गहिरो रूपमा स्तब्ध भएको छ र स्पष्ट रूपमा त्यसलाई अस्वीकार गर्दछ। हामी चीनको जानाजानी बदनाम गर्ने यस्ता कार्यहरूको कडा शब्दमा निन्दा गर्छौं।'

चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको उल्लेख गर्दै दूतावासले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पक्षमा निरन्तर समर्थन गर्दै आएको जनाएको छ।

साथै, नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविकामा सुधारका लागि चीनले सक्रिय सहयोग गरिरहेको पनि दूतावासको भनाइ छ।

सामाजिक सञ्जालमा फैलाइएको हल्लाको निष्पक्ष छानबिन गर्न दूतावासले नेपाल सरकारसँग आग्रह गरेको छ। प्रवक्ताले भनेका छन्, 'हामी सम्बन्धित नेपाली अधिकारीहरूलाई यी हल्लाहरूको गम्भीर, गहन र पूर्ण अनुसन्धान गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई नेपाली कानूनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौं।'

दूतावासले नेपाल–चीनबीचको परम्परागत मित्रता र सहयोगलाई थप मजबुत बनाउन दुई देशबीच कानून प्रवर्तन तथा सुरक्षा सहकार्य सुदृढ गर्न चीन तयार रहेको समेत स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077