Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजी अस्पतालमा आकस्मिक बाहेक स्वास्थ्य बीमा सेवा कटौती

निजी अस्पतालमा आकस्मिक बाहेक स्वास्थ्य बीमा सेवा कटौती

बुधवार , जेठ १३, २०८३

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। 

स्वास्थ्य बीमा बोर्डले बुधबार एक सूचना जारी गर्दै निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गरिएको जानकारी गराएको हो । 

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै बोर्डले सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ।

यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।

बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ। 

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए। कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने भन्दै सेवा बन्द नै गरिसकेका छन् । 

बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण कतिपय सरकारी अस्पतालका समेत सेवा प्रभावित भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077