Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भुक्तानी संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेको राजीनामा

भुक्तानी संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेको राजीनामा

आइतवार , माघ ४, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढ्दै जाँदा बोर्ड चर्को दबाबमा परेको अवस्थामा काफ्लेको राजीनामा आएको हो ।

काफ्लेले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँ निवासी काफ्ले स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए ।।

पछिल्लो समय आर्थिक अभावका कारण बीमा कार्यक्रम सञ्चालनमा गम्भीर समस्या देखिँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा सेवा प्रदायक संस्थालाई दिनुपर्ने भुक्तानी रकम लगातार बढ्दै जाँदा बोर्ड गम्भीर दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको हो ।

हाल स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाएको भन्दै ठुला सरकारी अस्पतालहरूले सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077