Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाइयो, नयाँ दर लागू हुने

सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाइयो, नयाँ दर लागू हुने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले सेयर बजार तथा घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक विधेयकमार्फत आयकर ऐनसम्बन्धी व्यवस्थामा संशोधन गर्दै कर दर बढाउने घोषणा गरेका हुन् ।

नयाँ व्यवस्था अनुसार अब सेयर बजारमा एक वर्ष (३६५ दिन) भन्दा बढी अवधि राखिएको सेयर बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत मात्र कर लाग्दै आएको थियो।

त्यस्तै, एक वर्ष वा सोभन्दा कम अवधिमा सेयर बिक्री गरी नाफा कमाउने लगानीकर्ताले अब १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। हाल यस्तो कारोबारमा ७।५ प्रतिशत कर लाग्दै आएको थियो।

घरजग्गा कारोबारतर्फ पनि सरकारले कर संरचना कडा बनाएको छ। अब पाँच वर्ष वा सोभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा हुने नाफामा ७।५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कारोबारमा ५ प्रतिशत मात्र कर थियो।

त्यसैगरी पाँच वर्षभन्दा कम स्वामित्व भएको घरजग्गा बिक्रीबाट हुने नाफामा लाग्दै आएको ७.५ प्रतिशत लाभकर बढाएर १० प्रतिशत पुर्‍याइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077