Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

आइतवार , जेठ १७, २०८३

काठमाडौं । विपक्षी सांसदहरूको तीव्र विरोध र अवरोधकै बीच प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा समितिका सभापति गणेश पराजुलीले नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्ताव प्रस्तुत भएपछि विपक्षी सांसदहरूले पुनः छलफलको माग गर्दै विरोध जनाएका थिए।

तर सभामुख अर्यालले कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउँदै प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेपछि संसदभित्र तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

विपक्षीको लगातार विरोध र अवरोधका बीच पनि बैठक अघि बढाइएपछि संसदीय वातावरण झनै असहज बनेको थियो। त्यसपछि सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077