Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलपीएलमा नेपाली खेलाडीको दबदबा, दीपेन्द्र र कुशल पनि बिक्री

एलपीएलमा नेपाली खेलाडीको दबदबा, दीपेन्द्र र कुशल पनि बिक्री

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाली क्रिकेटका दुई प्रमुख अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल श्रीलंकाको प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता लंका प्रिमियर लिग (एलपीएल) मा अनुबन्धित भएका छन् ।

ड्राफ्टमार्फत दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले आफ्नो टोलीमा समावेश गरेका हुन् ।

यससँगै नेपाली क्रिकेटका स्टार लेगस्पिनर सन्दिप लामिछाने र दीपेन्द्र एउटै टोली जाफ्ना किङ्सबाट खेल्ने भएका छन् । सन्दीप यसअघि नै गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए ।

दीपेन्द्र र कुशल भने एसोसिएट राष्ट्रका खेलाडीका लागि छुट्याइएको ‘एसोसिएट्स क्याप’ विधामार्फत छनोट भएका हुन्। उक्त श्रेणीमा खेलाडीको आधार मूल्य १५ हजार अमेरिकी डलर तोकिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077