Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतबाटै फरार भएका वीरगञ्जका मेयर सिंह पक्राउ

अदालतबाटै फरार भएका वीरगञ्जका मेयर सिंह पक्राउ

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको विषेश टोटीले आज बिहान पर्साको ठोरीबाट पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएका मेयर सिंह फरार अवस्थामा रहेका थिए ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो ।

पर्सा जिल्ला अदालतले जेठ ८ गते सिंहसहितलाई पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह जेठ १३ मा पर्सा जिल्ला अदालतमा पुगेका थिए।  

बुधबार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेल, स्वकीय सचिव घिमिरेसहित समर्थकहरूको समूह लिएर पर्सा जिल्ला अदालत परिसर पुगेका थिए ।  

श्रेस्तेदारसँग भेटघाट गरेपछि सिंह अदालत परिसरभित्र हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर त्यसपछि उनी फरार भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077