काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।
मंगलबार बसेको बैठकले गृह मन्त्रालयको सिफारिसका आधारमा पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा पदोन्नतिका लागि सिफारिस गरेको थियो।
पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् ।