Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियन क्रिकेट : नेपालले दियो भुटानलाई ११४ रनको लक्ष्य

एसियन क्रिकेट : नेपालले दियो भुटानलाई ११४ रनको लक्ष्य

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानलाई ११४ रनको लक्ष्य दिएको छ ।

बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङमा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको हो ।

नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिन क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।

भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीनरतीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एक/एक विकेट लिए । नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077