Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

असीम शाह संयोजकत्वको संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

असीम शाह संयोजकत्वको संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ। 

एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र पठाउँदै पार्टीले कार्यदलमा सहभागिता निरन्तरता नदिने जानकारी गराएका हुन्।

'आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रुपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइउको जानकारी गराउँदछु,' एमालेको पत्रमा भनिएको छ ।

पत्रमा संविधान संशोधनको मूल विषयवस्तुबारे सरकारको धारणा अझै स्पष्ट हुन नसकेको उल्लेख गरिएको छ। साथै, छलफलका लागि अघि सारिएका केही प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थासँग मेल नखाने प्रकृतिका देखिएको भन्दै त्यसप्रति पार्टीको असहमति रहेको जनाइएको छ।

यससँगै उक्त कार्यदलबाट दूरी बनाउने राजनीतिक दलहरूको संख्या थपिएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलमा एमालेका तर्फबाट डा। भीष्म अधिकारी सहभागी हुँदै आएका थिए। तर पार्टीले आफ्नो प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले पनि उक्त कार्यदलमा सहभागी नहुने निर्णय गरिसकेको छ। त्यस्तै, नेपाली काँग्रेसले कार्यदलका बैठकहरूमा सुरुदेखि नै सहभागिता जनाएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077