Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजीद्वारा संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार, सरकार एकलौटी ढंगले अघि बढेको आरोप

जेनजीद्वारा संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार, सरकार एकलौटी ढंगले अघि बढेको आरोप

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । जेनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले  बोलाएको बैठक बहिष्कार गरेका छन् ।

संविधान संशोधन कार्यदलले जेनजीका तर्फबाट २० जना जेनजी अभियन्ताहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आमन्त्रण गरेको थियो । 

तर, सम्झौता कार्यान्वयन नभएको भन्दै जेनजी अभियन्ताहरूले ६ बुँदे माग अघि सार्दै कार्यदलले शनिबारका लागि बोलाएको बैठक बहिष्कार गरेका हुन् ।

सरकार अपारदर्शी र एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरूकोही पनि छलफलमा सहभागी नहुने भएका छन् ।

'जेनजी सम्झौताको म्यान्डेट बाहिर गएर उक्त कार्यदल गठन गर्ने औचित्य, सो कार्यदलका सदस्यको विवरण र उक्त कार्यदलमा रहेका व्यक्तिको छनौट प्रक्रिया समेत सरकारले सार्वजनिक गर्न सकेको छैन । लिखित रूपमै सम्पन्न भइसकेको सम्झौताको कार्यान्वयन नगर्ने र ‘३ मिनेट’ सुझाव दिन आमन्त्रण गर्ने कार्य केवल औपचारिकता पूरा गर्न मात्रै पो बोलाइएको होइन भन्ने संशय उत्पन्न भएको छ,' उनीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले सबै सरोकारवालाहरुको सहभागिता रहने गरी संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटीरुपमा बहसपत्र कार्यदल बनाइएकोप्रति आपत्ति जनाएका छन् ।

उनीहरूले नेपाल सरकारसँग २०८२ मंसिर २४ गते भएको १० बुँदे सम्झौता हालसम्म कार्यान्वयन नभएको उल्लेख गरेका छन् । साथै, जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

साथै आन्दोलनकारीहरूले आन्दोलनमा सहभागी धेरै व्यक्तिहरू अझै पनि झुट्टा मुद्दा खेप्न बाध्य रहेको, शहिद परिवारले न्याय नपाएको तथा घाइतेहरूको उचित व्यवस्थापन नभएको बताएका छन् ।

यस्ता छन्  ६ बुँदे माग

3.png

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077