Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनबारे निजी क्षेत्रसँग छलफल गर्दै कार्यदल

संविधान संशोधनबारे निजी क्षेत्रसँग छलफल गर्दै कार्यदल

सोमवार , जेठ ११, २०८३

काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले निजी क्षेत्रसँग पनि छलफल गर्ने भएको छ।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले व्यवसायीहरुसँग छलफल गर्न लागेको हो। 

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले मंगलबार ३ बजे केही व्यवसायीहरुलाई छलफलमा बोलाएको छ।

कार्यदलले बहसपत्र तयार गर्नका लागि हाल राजनीतिक दल, विभिन्न संघसंस्था तथा जेन-जी अगुवाहरूसँग छलफल गर्दै सुझाव संकलन गरिरहेको छ।

यसअघि कार्यदलको सचिवालय सिंहदरबारले संविधानमा आवश्यक सुधार र संशोधनबारे लिखित सुझाव दिन आग्रह गर्दै जेठ ८ एक सूचना जारी गरेको थियो ।

त्यसअनुसार सात दिनभित्र सुझाव पठाउन सबै नागरिकलाई आह्वान गरिएको छ।सूचनाअनुसार सुझावहरू ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय, सिंहदरबारमा पठाउनुपर्नेछ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रतिनिधि सहभागी छन् ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन आयोग तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रतिनिधिहरू पनि कार्यदलमा समावेश छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077