Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाएको भन्दै रास्वपा सांसदकै आपत्ति

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाएको भन्दै रास्वपा सांसदकै आपत्ति

'जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी'

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अप्सना बानुले गृहमन्त्री सुधन गुरुङको सचिवालयमाथि गम्भीर प्रश्न उठाएकी छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बानुले गृह प्रशासन नागरिकका समस्या सुन्नबाट पन्छिएको आरोप लगाएकी हुन्।

 जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी भएको बताउँदै उनले भनिन्- 'जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा, गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू तारन्तार निरन्तर आइरहेका छन्।' 

सांसद बानुले संकटका बेला गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाउनु सम्बन्धित निकाय वा मन्त्रालयबाटै यस्तो गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।

सरकारका यस्ता गतिविधिले राज्य संयन्त्रप्रतिको जनविश्वास कमजोर बनाउने उनको चेतावनी थियो।

त्यस्तै, सांसद बानुले पार्टी सभापति रवि लामिछानेले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गर्दै समाधानका लागि गरेको पहलको प्रशंसा पनि गरेकी छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077