Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सिरहामा कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

सिरहामा कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

बिहिवार , आषाढ ३२, २०८३

सिरहा । सिरहामा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् । उनलाई सिरहा नगरपालिका–७ क्षेत्रमा नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट BR07AZ4215 रहेको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको हो ।

यादवमाथि हतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077