Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

    एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

    निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् । मतगणना सुरु भएदेखि नै उनले अग्रता राख्दै आएका थिए ।



    निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो।



    पन्तले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

    उपाध्यक्षमा  बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार