Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महासंघका पूर्व अध्यक्ष ढकाल भन्छन् – व्यक्तिगत कुराले निर्वाचनमा कुनै असर पर्दैन

    महासंघका पूर्व अध्यक्ष ढकाल भन्छन् – व्यक्तिगत कुराले निर्वाचनमा कुनै असर पर्दैन

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी माहोलको सरगर्मी बढेर गएको छ । अन्य पदको लागि भन्दा पनि वरिष्ठ उपाध्यक्षका लागि एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानबीच हुने भिडन्तले ठूलो चर्चा पाएको छ ।

    वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् भने अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि ढकालको पक्षमा उभिएका छन् । श्रेष्ठलाई पूर्व अध्यक्ष चण्डीराज ढकालले नै चन्द्र ढकालको पक्ष्मा उभ्याएको टिप्पणी हुँदै आएको छ । वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने हुँदा यतिबेला वरिष्ठ उपाध्यक्षमा ठूलो चलखेल भएको छ ।



    सबैभन्दा रोचक त के छ भने चन्द्र ढकालको समूहलाई बलियो बनाउन महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल लागेसँगै उनको बिरुद्द नकारात्मक समाचार बाहिर आएको छ।



    महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल भन्छन–‘मैले महासंघलाई एकजुट बनाउने पहल थाले देखी नै मेरा व्यक्तिगत कुराहरुलाई मिडियामा गलत रुपमा प्रचारबाजी गरेर कमजोर बनाउन खोजिएको छ।’

    तपाईंलाई विवादित बनाउने बैंकको ऋणको कुराले महासंघको राजनीति र तपाईंले समर्थन गरेको समुहलाई अप्ठ्यारो त पर्दैन नि भन्ने प्रश्नमा ढकाल भन्छन–‘मेरो उद्योग अब छिट्टै सञ्चालनमा आउँछ । विगतको द्वन्द, तराई बन्दलगायत विभिन्न कारणले उद्योग बन्द भएको हो । निर्यातमूलक र धेरैलाई रोजगारी दिने उद्योगलाई राज्यले छुट्टै सहुलियत दिनुपर्छ भन्ने मेरो माग हो । मैले १ अर्ब ९० करोड रुपैयाँ भन्दा बढी बैंकलाई ऋण तिरेको छु । तर, चुनावमा यस्ता कुराको पछि लागेर मलाई कमजोर बनाउन सकिन्छ भनेर मिडियाको न्युनतम आचार संहिता बिपरित एकोहोरो मेरो चरित्रहत्या मात्र गरिनु जायज मानिदैन नि।’

    आफ्नो व्यक्तिगत कुरालाई लिएर निर्वाचनमा कसैको उक्साहटका कारण आएका गलत समाचारले आफूले समर्थन गरेको समूहलाई कुनै असर नपर्ने पनि पूर्व अध्यक्ष ढकालको दावी छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार