Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आर्थिक पत्रकारका लागि डाटा माइनिङ तालिम 

    आर्थिक पत्रकारका लागि डाटा माइनिङ तालिम 

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । आर्थिक पत्रकारहरुको क्षमता  बिकासका लागि डाटा माइनिङ तालिम सँचालन गरिएको छ। नेपाल आर्थिक पत्रकार(नाफिज) र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आयोजना गरेको डाटा माइनिङ सम्बन्धी एक दिने तालिम आज सम्पन्न भएको छ ।

    १०३ जना आर्थिक पत्रकारहरु सहभागी उक्त कार्यक्रममा दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सम्बन्धी कानुन र दूरसञ्चार क्षेत्रको वर्तमान अबस्थाका बारेमा जानकारी गराएका थिए ।



    उक्त तालिममा डाटा माइन्ङि सम्बन्धीको तालिम डाटा विज्ञ सौरभ पौडेलले डाटाको महत्व, प्रयोग र स्रोतकाबारे प्रशिक्षण दिएका थिए । इनटरनेटमा रहेका सूचनाहरु कसरी खोजि गर्ने र त्यसलाई समाचारको स्रोतका रुपमा उपयोग गर्ने भन्ने विषयमा तािलम केन्द्रित थियो ।



    कार्यक्रम सञ्चालन गर्दै नाफिज उपाध्यक्ष इन्द्र बानियाले नाफिजले यस प्रकारका पत्रकारका लागि आवश्यक तालिमहरु उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए । नाफिजले पत्रकारहरुको क्षमता अभिवृद्धि र तथ्यपरक सूचना प्राप्तिक लागि हरेक हप्ता साप्ताहिक अन्तरक्रिया समेत आयोजना गर्दै आएको उनले जानकारी गराए ।

    कार्यक्रममा स्वागत मनतव्य दिने क्रममा सचिव रोयल आचार्यले क्रियाशिल आर्थिक पत्रकारहरुको आवश्यकता बमोजिम क्षमता विकासका यस्ता कार्यक्रमहरु नाफिजले नियमित र निरन्तर रुपमा आयोजना गर्ने बताए ।
    नाफिज अध्यक्ष सिताराम भट्टराईको सभापतित्वमा सम्पन्न दूरसञ्चार प्राधिकरणमा सहायक निर्देशक सूर्यप्रसाद लामिछाने र अध्यक्ष सिताराम भट्टराईले सर्टिफिकेट वितरण गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार