Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतसँगको नाका बन्द गर्न नेपाललाई डब्लुएचओको आग्रह

    भारतसँगको नाका बन्द गर्न नेपाललाई डब्लुएचओको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । चीनबाट शुरु भएको कोरोनाको महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ। चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहे पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ।

    इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोनाको संक्रमण फैलिएको छ। मृत्यु हुनेको संख्या १३ हजार पुगिसकेको छ भने संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।



    बेलायत र अमेरिकामा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ। यहि बेला स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तत्कालै भारतसँग जोडिएका सिमा बन्द गरिहाल्नुपर्ने औल्याएको छ ।



    डब्लुएचओका महानिर्देशक डा. टेड्रोसको नेतृत्वले पत्रकार सम्मेलनको आयोजना गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।
    पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने–‘जो आउँछन् नाकाबाट, उनीहरुको स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नुपर्छ। नेपालमा तयारीको अवसर छ अहिले। भोलि संक्रमण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ।’

    यसको महत्वपूर्ण पक्ष भनेको आफूले आफैलाई जोगाउने हो भन्दै उनले भने–‘हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने। राज्य बोलेर मात्र हुँदैन। राज्यको तर्फबाट तयारी हुनैपर्छ। अर्कोतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ। संक्रमित हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो। घरमै बस्नुपर्छ। अनि भाइरस नियन्त्रणमा आउन सक्छ।’

    नेपालसँग सिमा जोडिएको भारतको विहारमा समेत कोरोनाका कारण एक जनाको मृत्यु भइसकेको छ । विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको भारतीय पत्रिका दैनिक जागरण अनलाइनमा प्रकाशित भएको छ। त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको समेत भएको उक्त अनलाइनले जनाएको हो।

    यो अवस्थामा पनि नेपालले नाकाहरुमा कडाइ गर्न सकेन भने कोरोनाको संक्रमण नेपालमा फैलने विज्ञहरुले औंल्याइसकेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार