Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा जनता कर्फ्यू : नेपालीको विचल्ली

    भारतमा जनता कर्फ्यू : नेपालीको विचल्ली

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडौं । आइतबार बिहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’को असर नेपालीहरुलाई परेको छ ।

    रोजगारीका लागि भारत गएका अधिकांश नेपालीहरु स्वदेश फर्कने क्रममा ‘जनता कफ्र्य’ लागेपछि बीचबाटोमै अलपत्र परेका छन्।



    कर्फ्यूका कारण यात्रुबाहक सवारी साधन बन्द गरिएपछि घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र परेका हुन्।



    मथुरा बसपार्कमा मात्रै अहिले हजारौँ नेपाली अलपत्र अवस्थामा रहेको तस्विर सार्वजनिक भएको छ ।

    बस, ट्रेन केही पनि नचल्दा हजारौँ नेपाली अलपत्र परेका छन् । जसमा स–साना बालबालिकादेखि लिएर वृद्धवृद्धा समेत छन्।

    भारतमा नोवेल कोरोनाभाईरस कोरोनाको संक्रमण भेटिएपछि मार्चको १५ तारिखबाट होटल तथा कलकारखानाहरु बन्द भएका छन्। जसले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु कामबिहिन बनेका छन्। भारतमा शनिबारसम्म तीनसय १५ भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। चारजनाको मृत्यु भइसकेको छ।

    भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । आइतबार बिहान ७ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गरेको छ ।

    रक्सौल नाका ठप्प
    जनता कर्फ्यूको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको छ  । योसँगै भारतले नेपालसँग जोडिएका नाका पनि बन्द गरेका कारण त्यसको प्रत्यक्ष असर नेपालको मुख्य नाका वीरगन्जमा पनि परेको हो। जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण रक्सौल वीररगन्ज नाका आइतबार बिहानैदेखि ठप्प छ । वीरगन्जबाट भारतको रक्सौल जाने पैदल यात्री र सवारीसाधानलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा रहेको मितेरीपुलबाटै फर्काइ दिने गरेका छन् ।

    जसका कारण दिनहुँ १० हजार भन्दा बढी मानिस र करिब २ हजार भन्दा बढी सवारीसाधन आउजाउ हुने वीरगन्ज नाका बिहान ५ बजे देखि नै सुनसान भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार