Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरोना महामारी : २४ सै घण्टा प्रहरीद्वारा सेवा प्रदान

    काठमाडौंका एसएसपी नै क्वारेन्टाइनमा, यस्तो छ सुरक्षा व्यवस्था

    काठमाडौंका एसएसपी नै क्वारेन्टाइनमा, यस्तो छ सुरक्षा व्यवस्था

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 8.2K
    SHARES

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको छ । चैत ११ गतेबाट शुरु भएको लकडाउन बैशाख ३ गतेसम्मका लागि तोकिएको छ ।

    लकडाउको मुख्य उद्देश्य भनेको आम सर्वसाधरणहरुबीचको दूरी कामय गरी कोरोना भाइरसको संक्रमण फैलन नदिनु नै हो । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने हुँदा सरकारले लकडाउन नै घोषणा गरेर संक्रमण रोकथाम गर्ने प्रयास गर्ने गरेको छ ।



    आमसर्वसाधरण घरमै बसेर लकडाउन सफल परिरहेको अवस्थामा नेपाल प्रहरी भने अहोरात्र सेवामा खटिरहेको छ । देशकै राजधानी  काठमाडौंको सुरक्षाकाे जिम्मेवारी पाएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी पनि घरमै नगई आम जनताको सेवामा खटिरहेका छन् ।



    अनलाईन नेपालसँग कुरा गर्दै एसएसपी सुवेदीले भने–‘मैले यतिबेला परिवारलाई दिने समय पनि देश र जनताका लागि दिइरहेको छु ।’ लकडाउनका बेला प्रहरीको काम बाहिर नै हुने भएकाले परिवार, आफन्त र छिमेकीहरुको स्वास्थ्यलाई ख्याल गरेर आफू अहिले प्रहरी क्लब, भृकुटीमण्डपमा नै बस्ने गरेको उनले बताए ।

    मातहतका प्रहरीहरुलाई पनि सकेसम्म ब्यारेकमा नै बस्न आग्रह गर्दै उनले परिसरदेखि मातहतका कार्यालयमा दूरी कायम गरेर सुत्ने र खाने व्यवस्था मिलाइएको जानकारी गराए ।

    यसरी बस्दा बस्दै पनि कोही कसैलाई ज्वरो आएमा वा कोरोना संक्रमणको आशंका लागेमा परिसर भित्र छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिएको बताउँदै उनले त्यसपछिको अवस्थामा भने नेपाल प्रहरी अस्पतालको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाएको जानकारी गराए ।

    कोरोनाका कारण विश्वभर ८३ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने झण्डै साढे १४ लाखमा संक्रमण फेलिएको छ । यस्तो भयावह अवस्थामा नेपालमा भने प्रहरीले २४ घण्टा नै सेवा प्रदान गरेर सह्राहनीय काम गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार