Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सांसद विकास कोषका लागि बजेट छुट्याउने तयारी

    सांसद विकास कोषका लागि बजेट छुट्याउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’(सांसद विकास कोष) का लागि बजेट छुट्याउने तयारी गरेको छ । सत्तापक्षकै सांसदहरुको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको स्राेतका भनाइ छ। कोरोना महामारीका बेला जनताकाे स्वास्थ्य प्रति सचेत हुने समयमा पनि सरकार ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ काे बजेट छुट्याउने तयारीमा जुटेकाे छ।

    समाचार स्रोतका अनुसार राष्ट्रिय योजना आयोगले यस कार्यक्रमका लागि बजेट छुट्याउने गृहकार्य गरेको हो । आयोग श्रोतका अनुसार सके बजेट बढाउने, नसके ६ करोडकै दरले भए पनि बाँड्ने गरी बजेट विनियोजन गर्ने गरी काम भइरहेको छ ।



    कोरोना महामारीका बेला सांसद कोषको रकम कटौती हुनुपर्छ भन्ने सुझाव अर्थतन्त्रका जानकारहरुले दिइरहेका छन् । उता सांसदहरुले भने यो रकम कटौती नगर्न सरकारलाई दबाब दिँदै आएका छन् ।



    यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको कार्य व्यवस्था परामर्श समिति र प्रदेशसभाका सभामुख(उपसभामुखसँगको भर्चुअल संसदको बैठकमा सांसद विकास कोषमा खर्च नभएको चालु आर्थिक वर्षको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार