Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लकडाउनमा विदेशमा नेपाली : ३ हजार १०८ जनाको उद्दार, १३० जनाको मृत्यु, ३१८ वटा शवको व्यवस्थापन

    लकडाउनमा विदेशमा नेपाली : ३ हजार १०८ जनाको उद्दार, १३० जनाको मृत्यु, ३१८ वटा शवको व्यवस्थापन

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि भन्दै विश्वका विभिन्न देशहरुले लकडाउन गरिरहेका छन् ।

    विभिन्न कारणले विदेश पुगेका नेपालीहरु लकडाउनका कारण अप्ठेरोमा परिरहेका छन् । विश्वका अन्य देशहरुले अलपत्र परेका आफ्ना नागरिकहरुलाई लगिसके पनि नेपाल सरकारले भने सबै नेपालीहरुलाई नेपाल फर्कान नसकिने जानकारी गराइसकेको छ ।



    यद्यपी उद्दार कार्य भने जारी छ । लकडाउन घोषणा गरेसँगै सरकारले गत ५ जुन तारिखदेखि आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन सुरु गरेको छ ।



    गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

    शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

    यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियाबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् ।

    यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका एनआरएनको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।

    नेपालीहरुकै उद्दारका लागि आजपनि यूएइबाट तीनवटा उडान हुँदैछ । हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स र फ्लाइ दुवईले उडान भर्ने भएका हुन् ।

    त्यसो त कोरोनाकै कारण विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जनाएको छ । यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु भएका तीनै जना कतारका हुन् ।

    हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।

    एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् भने १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    त्यसैगरी कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा अलपत्र ३१८ जना नेपालीको शव पनि व्यवस्थापन हुने भएको छ ।

    लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ भने अझै १६४ शवको व्यवस्थापन बाँकी छ । ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका पनि छन् ।

    अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार