Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तीन सय नेपाली स्वदेश फर्किए

    तीन सय नेपाली स्वदेश फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । युएईकाे आबुधावी र कुवेतबाट तीन सय नेपाली स्वदेश फर्किएका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली कामठाडौं आइपुगेका हुन् ।

    यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौं आइपुगेको छ । बिहीबार कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् ।



    कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । बिहीबार विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार