Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एनआईसी एशियाद्धारा ऋणीहरूमा आह्वान

    एनआईसी एशियाद्धारा ऋणीहरूमा आह्वान

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना ल्याएको एनआईसी एशिया बैंकले योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा आह्वान गरेको छ ।

    बैंकले मंगलबार एक विज्ञप्ति जारी गरी अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने उद्देश्यका साथ योजना सकिन मात्र ८ दिन बाँकी रहेको अवस्थामा बाँकी सम्पूर्ण ग्राहकहरुलाई सहभागिता जनाउन आग्रह गरेको हो ।



    विज्ञप्तिमा भनिएको छ–‘यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै भुक्तानी गर्नुभएमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।’



    नेपाल राष्ट्र बैंकले २०७७/०१/१६ गते कोभिड–१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न निर्देशन जारी गरेको थियो । सोही अनुरुप एनआईसी एशियाले आफ्ना ग्राहकहरुका लागि उक्त योजना ल्याएको थियो ।

    बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाल राष्ट्र बैंकबाट २०७७/०१/१६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहक महानुभावहरूको खातामा जम्मा समेत गरिएको सहर्ष जानकारी गराउदछौं ।’

    बैंकले ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको जनाएको छ ।

    यस ‘कर्जा सहायता केन्द्र’ मार्फत ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्ने बैंकले जनाएको छ ।

    त्यसैगरी कर्जा सहायता केन्द्रको मिस्डकल बैकिङ नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा HELP टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

    कोरोना भाइरसको विषम परिस्थितिमा देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान र सबलीकरणमा टेवा पु¥याउने मनशायले बैंकले सहुलियत ब्याजदर तथा सर्वाधिक न्यून ब्याजदरमा आम ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक आकर्षक योजनाहरू ल्याईरहेको अवस्थामा ‘कर्जा सहायता केन्द्र’ ले ग्राहक महानुभावहरूलाई अझ सहज तथा सुविधा पुग्ने बैंकले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

    अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहक महानुभावहरूमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङ्गको उदाहरण प्रस्तुत गरेको छ ।

    साथै, कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ अत्यन्तै लाभकारी हुने बैंकले अपेक्षा गरेको छ ।

    नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाई आफ्नो आर्थिक भारलाई कम गर्न बैंकले सम्पूर्ण ग्राहकहरुमा अनुरोध गरेको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

    २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार