Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रञ्जनको मुद्दा न्यायाधीशत्रय श्रेष्ठ, ढुंगाना र रेग्मीको इजलासमा, के होला आज ?

    रञ्जनको मुद्दा न्यायाधीशत्रय श्रेष्ठ, ढुंगाना र रेग्मीको इजलासमा, के होला आज ?

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । हत्या अभियोगमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ तय भएको छ।

    कोईरालाको मुद्दा  न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको छ।



    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार थुनामुक्त भएका थिए।



    संयुक्त इजलासको फैसलाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सुनुवाइ गर्नुपर्नेछ।

    जिल्ला र तत्कालीन पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद सजाय तोकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार