Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २१० जनामा संक्रमण, १४६ डिस्चार्ज

    कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २१० जनामा संक्रमण, १४६ डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । आज थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार