Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

    कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीन जनाको मृत्यु भएको छ ।

    नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्ध र गण्डक कोभिड अस्पतालमा उपचाररत ६८ वर्षीय पुरूषको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतले जानकारी दिए । बुधबार बिहान मृत्यु भएका पुरूषको केही बेरअघि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।



    उता मोरङका एकजना ४५ वर्षीय पुरूषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई आजै अपरान्ह एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए।



    उनको उपचारकै क्रममा आज साँझ निधन भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । तर स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार