Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

    मलेशियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली ५ महिनादेखि अलपत्र परेका छन् ।

    अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।



    नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनको भनाइ छ । ५ महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उनले बताए ।



    नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ ।

    चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुदाँ समस्या भएको भन्दै उनले सहयोगका लागि अनुरोध गरे ।

    मलेशियाबाट नेपाल आउनका लागि नियमित उडानमा ६ सयदेखि ७ सय रिङ्गेट लाग्छ भने चार्टर्ड उडानमा १ हजार ५ सय ९० रिङ्गेट पर्ने उनको भनाइ छ ।

    विमानस्थल पुग्न ६ घण्टा हिँड्नुपर्ने र त्यसको लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३ सय ५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए ।

    कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ । खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए ।

    ९ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

    खानाकै लागि १ जनालाई ४ सय रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठले बताए ।

    अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार