Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने, ‘रोग प्रतिरोध क्षमता बढाउने हुँदा विश्वभर बेसारको खपत बढ्यो’

    प्रधानमन्त्री ओलीले भने, ‘रोग प्रतिरोध क्षमता बढाउने हुँदा विश्वभर बेसारको खपत बढ्यो’

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर बेसारको खपत बढिरहेको वताएका छन् ।कोरोना संक्रमण रोकथामको प्रसँगबारे पत्रकार ॠषि धमलासँग आज साँझ प्राइम टिभिमा अन्तर्वाता दिने क्रममा प्रधानमन्त्री ओलीले कोरोना प्रतिरोधात्मक क्षमता बढी भएकै कारण विश्वभर बेसारको खपत बढिरहेको दाबी गरे।

    प्रधानमन्त्री  ओलीले अमेरिका, यूरोपसहितका देशमा बेसार अभाव भइरहेको पनि वताए ।



    बेसारले रोग प्रतिरोध क्षमता बढाउने आफुले यसअघि वताउँदा कतिपयले उडाएको प्रसँग गर्दै प्रधानमन्त्री ओलीले अहिले  विश्वभर बेसार अभाव रहेको पनि उल्लेख गरे ।



    प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा भने,  ‘हामीकहाँ उडाइयो । यूरोपले चाहेजति बेसार पाउन सकेको छैन । अमेरिकाले पाउन सकेको छैन । कतै बेसार दूधमा हालेर पिउन थालिएको छ । कतै चक्लेट बनाएर खान थालिएको छ ।’

    बेसारबारे नेपाली समुदायमा पहिलेदेखि नै विश्वास रहेको पनि उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले बेसारको महत्वबारे प्रस्ट

    पार्दै भने , ‘ बेसारका कारण मान्छेको नजर त लाग्न सक्दैन भने किटाणु मार्न त सहयोग पुगिहाल्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार