Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकामा जनतासँग सरकारको आग्रह – सिक्का पैसा खर्च गर्नुस्

    अमेरिकामा जनतासँग सरकारको आग्रह – सिक्का पैसा खर्च गर्नुस्

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3K
    SHARES

    एजेन्सी। विश्वको सबैभन्दा ठूलो आर्थिक महाशक्ति अमेरिकाले ठूलो परिमाणका नोटहरु खर्च गर्न नभनी किन सानो परिमाणका सिक्काहरु खर्च गर्न जनताहरुसँग अनुरोध गर्यो होला त ? वास्तवमा सरकारले यस्तो अपिल गर्नुको खास कारण रहेछ ।

    यो घटना केही हप्ता अगाडिको हो । कोरोना महामारी चरम रुपमा वृद्धि भएको अवस्थामा जारी लकडाउनका कारण अमेरिकी बजारमा डलर तथा सेन्टका सिक्काहरुको चरम अभाव भयो । एकातिर महामारीका कारण बजारहरुमा कम कारोबार भयो भने कारोबार हुँदासमेत धेरै मानिसहरुले भुक्तानीका लागि रकमको सटही गर्नुको साटो कार्डको प्रयोग गर्न थाले ।



    यसरी जनताहरुसँग भएका सिक्काहरुसमेत किनमेलमा प्रयोग हुन नपाएपछि बजारमा सिक्काको प्रवाह भएन । जसका कारण सरकारले नै जनताहरुलाई आफूसँग भएका सिक्का खर्च गर्न आग्रह गर्नुपरेको थियो । कोरोना भाइरस महामारीको यो समयमा आफ्ना जनतालाई आफूसँग भएको पैसा खर्च गर्न आह्वान गर्ने देशहरु सायदै होलान् । तर अमेरिकी सरकारले चाहिँ जनतालाई आफूसँग भएका सिक्का पैसाहरु खर्च गर्न अपिल गर्नुपरेको हाे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार